सिन्धुपाल्चोक- लार्के खोला थुनिएर आएको वाढीका कारण मेलाम्ची क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ ।
हिजो साँझदेखि सुरु भएको वाढी र पहिरोका कारण मेलाम्भी क्षेत्रका कम्तीमा ५० जना बेपत्ता भएको स्थानीयवासीको दावी छ । वाढी र पहिलोका कारण तिम्बु, चनौटेसहित मेलाम्ची बजारको जनजीवन अस्तव्वयस्त बनेको छ ।
वाढीले दुइवटा पक्की पुल, माछा पोखरी लगायत वगाएको छ भने मेलम्चकिो होटल रोजमा दुइजना व्यक्ति थुनिएर उद्धारको पर्खाइमा छन् ।