देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ ले वडाभरिका सबै घरधुरीलाई थर्माेमिटर र औषधी वितरण अभियान सुरु गर्यो, १३ सय घरधुरीलाई सामग्री वितरण गर्ने लक्ष्य ।
२) नुवाकोटको पञ्चकन्या गाउँपालिका-२ को वडा कार्यालयबाट गत २४ चैतमा भत्ताको ५० लाख रुपैयाँ चोरी प्रकरणमा संघीय मामिला मन्त्रालयले छानबिन थाल्यो, सीआईबीले पनि छुट्टै अनुसन्धान गर्दै ।
३) गोर्खा वेल्फेर ट्रस्टद्वारा पोखरा महानगरपालिकाले सञ्चालन गरेको कोभिड अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न स्थानीयलाई पालिकाको आग्रह ।
४) स्याङ्जाको फेदीखोला गाउँपालिकाले सञ्चालनमा ल्यायो सिटिजन पोर्टल, पोर्टलमार्फत आगामी वर्षको नीति, कार्यक्रम र बजेटका विषयमा पालिकाबासीले सुझाव दिन सक्ने ।
५) कञ्चनपुरको बेलौरी नगरपालिकाले पर्यटकीय क्षेत्र शोभातालमा होमस्टे बनाउन थाल्यो, पालिकाले स्थानीय पाँच परिवारलाई होमस्टे सञ्चालनका लागि अनुदानसमेत दिने ।
६) उदयपुरको बेलका नगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न आर्थिक सहयोग गर्ने दाताहरूको संख्या बढ्दै, प्लान्ट सञ्चालन गर्न स्थानीय र संघ-संस्थाको साथ ।
७) गुल्मीको रेसुंगा नगरपालिकाले कोरोना परीक्षणको दायरा बढायो, कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मी टोल-टोलमा पुग्दै ।
८) कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी वर्ष कोदोमा आत्मनिर्भर हुने कार्यक्रम लागू गर्ने, पालिकाले नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गयो ।
९) ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले चालू आर्थिक वर्षभित्र सञ्चालित सबै योजना कार्यक्रमको भुक्तानी लिन गर्यो निर्देशन, १५ असारभित्र भुक्तानी लिनुपर्ने ।
१०) बजेट निर्माणको चटारोमा देशभरका स्थानीय तह, पालिकाहरूले स्थानीयबासीसँग राय सुझाव मागे ।
११) काठमाडौंको टोखा नगरपालिकाले किसानलाई वितरण गर्यो हाते ट्रयाक्टर, अनुदानमा ट्रयाक्टर पाउँदा किसान दंग ।
१२) सल्यानको कपुरकोट गाउँपालिकाले प्रकाशन गर्यो कक्षा ८ को वार्षिक परीक्षाको नतिजा, विद्यार्थीको व्यक्तिगत विवरण सच्याउनुपर्ने भएमा ७ दिनभित्र शिक्षा शाखामा सम्पर्क गर्नुपर्ने ।
१३) रुकुम पूर्वको भूमे गाउँपालिकाले मगर समुदायको मुख्य पर्व भूम्या मनाउन दियो दुई दिन बिदा, पर्व मनाउँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न स्थानीयलाई पालिकाको आग्रह ।
१४) यशोदादेवी भगवान् सिंह केसी मेमोरियल ट्रस्टले नुवाकोटका विभिन्न स्थानीय तहलाई वितरण गर्यो स्वास्थ्य सामग्री, स्वास्थ्य सामग्रीले कोरोना रोकथाम र नियन्त्रणमा पालिकाहरूलाई सहयोग पुग्ने ।
१५) पर्वतको महाशिला गाउँपालिकाले मातहतका ६ वटा मुख्य सडकको डिपिआर तयार पार्यो, गाउँपालिकाभित्र बाह्रैमास सडक सुविधा पुर्याउने पालिकाको उद्देश्य ।
१६) कैलालीको लम्किचुहा नगरपालिकाले बलचौरमा गर्यो पालिकाबासीको कोरोना परीक्षण, परीक्षण गर्न स्थानीयको उल्लेख्य सहभागिता ।
१७) कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेकालाई परामर्श सेवा दिन स्याङ्जाका स्थानीय तह सक्रिय, संक्रमितलाई औषधी पनि प्रदान ।
१८) झापाको बिर्तामोड नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा काठमाडौंको एक निजी कम्पनीलाई दियो, पालिका र कम्पनीबीच तीन वर्षको सम्झौता ।
१९) झापाको भद्रपुर नगरपालिकाको कोभिड आइसोलेसन केन्द्रलाई पोखराको युथ फर सेवा संस्थाले उपलब्ध गरायो स्वास्थ्य सामग्री, नगरप्रमुख जीवनकुमार श्रेष्ठलाई सामग्री हस्तान्तरण ।
२०) काठमाडौं महानगरपालिकाले ६० र ६१ वर्ष उमेर समूहका ज्येष्ठ नगारिकलाई चार वटा केन्द्रमार्फत भेरोसेल लगायो ।