काठमाडौं- देशभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण देशभर हालसम्म ८ हजार तीन सय ६६ ले ज्यान गुमाइसकेका छन् ।
पहिलो लहर भन्दा खतरानाक मानिएको यो भाइरसका कारण शनिवारसम्ममा देशभर ६ लाख २६ हजार ५३५ जना संक्रमित भएका छन् भने निको हुनेको संख्या ५ लाख २७ हजार १११ पुगेको छ ।
कोरोना संक्रमण नियन्त्रण र रोकथाममा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तुलनामा यसपटक स्थानीय तहका जनप्रतिनिधिहरुले वढी क्षति व्यहोर्नुपरेको छ ।
गत बैशाखयतामात्र ७५३ स्थानीय तहका २० जना जनप्रतिनिधिले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।
नियन्त्रण र उपचारमा खटिदा खटिदै संक्रमित भएर ज्यान गुमाउनेमा नगरपालिकाका जनप्रतिनिधि वढी छन् ।
हालसम्म नगरपालिकाका १३ जनप्रतिनिधिले ज्यान गुमाउँदा गाउँपालिकाका ७ जना प्रतिनिधिको पनि कोरोनाकै कारण ज्यान गएको छ ।
गाउँपालिका महासंघ र नगरपालिका संघले उपलव्ध गराएको तथ्यांक अनुसार नगरप्रमुखदेखि वडा सदस्यसम्मले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
हेर्नुहोस् क-कसले गुमाए ज्यान :
नाम | पद | स्थानीय तह |
धावा वाङ्गेल लामा (प्रेम लामा) | वडाध्यक्ष, वडा नं. ७ | शैलुङ गाउँपालिका, दोलखा |
तेजुमाया भण्डारी परियार | कार्यपालिका सदस्य | ताराखोला गाउँपालिका, बागलुङ |
मदारुदिन जागा | वडा सदस्य | जानकी गाउँपालिका, कैलाली |
पुर्णबहादुर चौधरी | वडा अध्यक्ष, वडा नं. ३ | दंगीशरण गाउँपालिका, दाङ |
इन्द्रबहादुर सुनार | कार्यपालिका सदस्य | महाबु गाउँपालिका दैलेख |
जाकिर हसुने खाँ | वडा सदस्य, वडा न. ७ | खजुरा गाउँपालिका, बाँके |
श्रीप्रसाद शिगु | वडाध्यक्ष, वडा न. ४ | हिलिहाङ गाउँपालिका, पाँचथर |
इन्द्रसिंह राजबंशी | वडा सदस्य, वडा नं ८ | भद्रपुर नगरपालिका, झापा |
चन्दन मेचे | वडाध्यक्ष, वडा नं ७ | मेचीनगर नगरपालिका |
महेन्द्र पण्डित | वडासदस्य, वडा नं ४ | माधवनारायण नगरपालिका |
बिनोद कुमार मण्डल | वडाअध्यक्ष, वडा नं ५ | मिथिला बिहारी नगरपालिका |
आशा चौधरी | उपप्रमुख | सप्तकोशी नगरपालिका |
रामेश्वर यादव | वडाध्यक्ष | गरुडा नगरपालिका |
वासुदेव साहनी | वडाध्यक्ष | गरुडा नगरपालिका |
कोशिला देवी दास | वडा सदस्य | जनकपुरधाम उपमहानगरपालिका |
बुद्धि बहादुर तामाङ | वडाध्यक्ष | शंकरापुर नगरपालिका |
नविन थापा | वडासदस्य | वुटवल उपमहानगरपालिका |
ओम बहादुर वुढा | नगरप्रमुख | त्रिपुरा सुन्दरी नगरपालिका |
विनोद कुमार विक | वडाध्यक्ष | बढीमालिका नगरपालिका |
जमनसिंह देउवा | वडासदस्य | लम्किचुहा नगरपालिका |