close

बरेङले दिने भो पोषण खर्च, बुटवलमा कोरोना नियन्त्रणको चर्चा (भिडियो खबर)

बरेङले दिने भो पोषण खर्च, बुटवलमा कोरोना नियन्त्रणको चर्चा (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए  ? जनप्रतिनिधिले के काम गरे ?  कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालका लागि आवश्यक अक्सिजन र स्वास्थ्य उपकरणको व्यवस्था गर्न आर्थिक सहयोग जुट्दै, पालिकालाई स्थानीयको साथ ।

 

२) महोत्तरीको गौशाला नगरपालिकामा बढ्यो जंगली हात्तीको आतंक, तीन घरमा तोडफोड, सर्वसाधारण त्रसित ।

 

३) बागलुङको बरेङ गाउँपालिकाले कोरोना संक्रमित सुत्केरी तथा गर्भवतीका लागि ल्यायो पोषण प्याकेज कार्यक्रम, एक बार खाना चार नारा सहित संक्रमितलाई पाँच हजार दिने ।

 

४) कोरोनाको तेस्रो र चौथो लहरको लागि पूर्वतयारी गर्दै रूपन्देहीको बुटवल उपमहानगरपालिका, जोखीम न्यूनीकरण र जनशक्ति व्यवस्थापन गर्न सरोकारवालासँग पालिकाको निरन्तर छलफल ।

 

५) उदयपुरको चौदण्डीगढी नगरपालिकाले सञ्चालनमा ल्यायो थप २ वटा नयाँ एम्बुलेन्स, हरेक वडामा एम्बुलेन्स पुर्‍याउने पालिकाको लक्ष्य ।


६) नागरिकको स्वास्थ्य बिमा गर्न स्वास्थ्य बिमा बोर्डसँग सेवा सञ्चालनका लागि सहकार्य गर्दै स्याङ्जाको कालीगण्डकी गाउँपालिका, बिमा कार्यक्रमले पाकिलाबासीलाई स्वास्थ्योपचारमा सहयोग पुग्ने अपेक्षा ।

 

७) कैलालीका स्थानीय तहमा घट्यो पिसिआर परीक्षण गराउनेको संख्या, जिल्लामा कोरोनाको लक्षणसहितका बिरामी घटेपछि परीक्षण पनि घट्यो ।

 

८) स्याङ्जाको गल्याङ नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गर्नेहरू बढ्दै, पालिकाले कोरोना परीक्षणको दायरा पनि बढायो ।

 

९) ललितपुर महानगरपालिकाले एन्टिजेन विधिमार्फत पालिकाबासीको कोरोना परीक्षण थाल्यो, ३ असारसम्म पालिकाले कोरोना परीक्षण गर्ने ।

 

१०) अक्सिजन प्लान्ट स्थापना गर्न झापाको कन्काई नगरपालिकालाई सहयोग जुट्दै, व्यक्ति र संघ-संस्थाले रकम सहयोग गर्दै ।

 

११) कोरोना रोकथाम र नियन्त्रणका लागि वातावरण र जनस्वास्थ्य संस्थाले ललितपुरको गोदावरी नगरपालिकालाई दियो विभिन्न स्वास्थ्य सामग्री, नगरप्रमुख गजेन्द्र महर्जनले बुझे स्वास्थ्य सामग्री ।

 

१२) गोरखाको पालुङटार नगरपालिकाले आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि पालिकाबासीसँग माग्यो राय सुझाव, सुझाव ३० जेठभित्र पालिकाको इमेलमा पठाउनुपर्ने ।

 

१३) रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सञ्चालनमा ल्यायो सुपथ मूल्यको पसल, हरेक मंगलबार र शुक्रबार नगर प्रहरीले सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण गर्ने ।

 

१४) बाराको प्रसौनी गाउँपालिकालाई नेपाल रेडक्रसले दियो एक हजार पिस मास्क, कोरोना नियन्त्रणमा पालिका थप क्रियाशील ।

 

१५) कोरोना कहरका बीच पनि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका विकास निर्माण जुट्यो, जनप्रतिनिधि र कर्मचारीले गरे योजना अनुगमन ।