देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) उदयपुरको कटारी नगरपालिकाका जनप्रतिनिधि होम आइसोलेसनमा रहेका कोरोना संक्रमित भेट्न टोल-टोलमा पुग्न थाले, संक्रमितलाई औषधि पनि वितरण ।
२) कोरोना संक्रमणदर बढ्दै गएपछि भोजपुर नगरपालिकाले टोल-टोलमा पुगेर परीक्षण गर्न थाल्यो, संक्रमितलाई अस्पताल पुग्न गाडीको ब्यवस्था ।
३) कोरोना रोकथाम र नियन्त्रणका लागि छिमेक लघुवित्त वित्तीय संस्थाद्वारा नवलपरासीको सुनवल नगरपालिकालाई १७ हजार रुपैयाँ प्रदान, नगरपालिकालाई रकम सहयोग गर्नेहरु बढ्दै ।
४) खोप किन्न स्थानीय तह स्वास्थ्य मन्त्रालयसँग धमाधम अनुमति माग्दै, स्थानीय तहहरुले आन्तरिक स्रोत तथा विकास बजेट कटौती गरेर भए पनि खोप खरिदमा लगानी गर्ने ।
५) कोरोना संक्रमणको जोखिम बढेपछि ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द, २२ जेठसम्म पालिकाको कार्यालय बन्द गर्ने निर्णय ।
६) स्याङ्जाको भीरकोट नगरपालिकाको कोभिड–१९ व्यवस्थापन समितिको भर्चुअल बैठक सम्पन्न, बैठकले गर्यो विभिन्न महत्वपूर्ण निर्णय ।
७) सुर्खेतको भेरीगंगा नगरपालिकाद्वारा अत्यावश्यकबाहेकका सेवा बन्द, स्थानीयलाई स्वास्थ्य सतर्कता अपनाउन पालिकाको आग्रह ।
८) स्याङ्जाका स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मी होम आइसोलेसनमा रहेका कोरोना संक्रमित भेट्न टोल-टोलमा पुग्न थाले, संक्रमितलाई औषधि पनि वितरण ।
९) टोल-टोलमा पुगेर कोरोना परीक्षण गर्दै काठमाडौं महानगरपालिका, महानगरपालिकाबाट ९ अस्पतालहरुलाई ४५ थान भेन्टिलेटर सहयोग ।
१०) संक्रमण परीक्षणदेखि शव व्यवस्थापनसम्मै खटिँदै ताप्लेजुङको फुङलिङ नगरपालिकाका जनप्रतिनिधि,कोरोना नियन्त्रणमा पनि जनप्रतिनिधि सक्रिय ।
११) धनुषाको जनकपुरधाम उपहानगरपालिकाले नगरवासीको निशुल्क कोरोना परीक्षण गर्न थाल्यो, जिल्लाका सबै पालिका कोरोना नियन्त्रणमा क्रियाशिल ।
१२) हुम्लाका सातै गाउँपालिकामा कोरोना संक्रमणको दर बढ्दो, ग्रामीण बस्तीहरूमा कोरोनाको आशंकामा परीक्षण गर्दा संक्रमितको संख्या दैनिक बढ्दै ।
१३) कोरोना संक्रमितको स्वास्थ्य सेवाको लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरघरमा पुग्न थाले, संक्रमितलाई स्वास्थ्य सामग्री पनि प्रदान ।
१४) झापाको मेचीनगर र भद्रपुर नगरपालिकासँगै बुद्धशान्ति गाउँपालिकामा ननकोभिड बिरामीलाई टेलिमेडिसिन सेवा सुरु, भर्चुअल माध्यमबाट बिरामीले पाए घरमै उपचार ।
१५) आन्तरिक मूल्याङ्कनमार्फत विद्यार्थीको परीक्षाफल प्रकाशित गर्ने कैलालीको घोडाघोडी नगरपालिकाको निर्णय, विद्यालयले जेठ मसान्तभित्र एकसाथ परीक्षाफल प्रकाशन गर्नुपर्ने ।
१६) कास्कीका स्थानीय तहले कोरोना संक्रमण बढ्दै गएपछि संक्रमितको उपचार गाउँमै गर्न आइसोलेसन कक्ष र अस्पताल निर्माण गरे, स्थानीय तह कोरोना नियन्त्रण थप सक्रिय हुँदै ।
१७) नवलपुरको हुप्सेकोट गाउँपालिकाद्वारा डाक्टर सन्दुक रुइतको सहभागितामा स्वास्थ्य सम्बन्धि भर्चुअल छलफल सम्पन्न, कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र स्थानीयको उपस्थिति ।
१८) मकैबालीमा फौजी किराले नोक्सान गरेपछि काभ्रेको नमोबुद्ध नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा विषादी वितरण गर्न थाल्यो, किसानले आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्ने ।
१९) झापाको कन्काई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले आफूले पालिकाबाट पारिश्रमिक तथा भत्ता वापत प्राप्त गरेको १० लाख रुपैयाँ अक्सिजन प्लान्ट निर्माणमा सहयोग गर्ने घोषणा, १० लाखको चेक नगरपालिकालाई हस्तान्तरण ।
२०) गाउँगाउँमा कोरोना फैलिएपछि नागरिकलाई जतिसक्दो छिटो खोपको सुनिश्चितता गर्न र खोप आयातमा सबै प्रकारका उपायहरु अबलम्बन गर्न गाउँपालिका महासंघले सरकारलाई ध्यानाकर्षण गरायो ।