काठमाडौं- सरकारले ग्रामीण क्षेत्रको स्वास्थ्य सेवा विस्तारका लागि ३ महिनाअघि शिलान्यास गरेको ३९६ आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै यो रकम विनियोजन गरेको बताए । प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेका ती अस्पताल ५, १० र १५ शय्याका छन् ।
यी अस्पताल दुई महिनाभित्र सञ्चालनमा ल्याउने घोषणा सरकारले गरेको छ । अस्पताल भवन निर्माणका लागि चालू आर्थिक वर्षमा ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ निकासा गरिएको छ ।