close

तनहुँमा पहिरो खस्दा १ जनाको मृत्यु 

तनहुँमा पहिरो खस्दा १ जनाको मृत्यु 

Trulli
ADVERTISEMENT

तनहुँ- लगातार केही दिनदेखि परिरहेको झरीले तनहुँमा बाढीपहिरोको त्रास बढाएको छ । गए राती पहिरो खसेर १ जनाको मृत्यु भएको छ ।

 

व्यास नगरपालिका वडा नम्बर १ निर्मलनगर टोलको छाब्दी दोभानमाथिको बस्तीमा पहिरो खस्दा ६२ वर्षीया वृद्धा सरस्वती घर्तीको मृत्यु भएको हो । 


घर पछाडिपट्टिको ठूलो ढुंगा खसेर घर भत्किएर च्यापिँदा उनको मृत्यु भएको वडाध्यक्ष खरसिं दरैले बताए । ‘त्यहाँबाट उद्धार गरेर अस्पताल लैजाँदा बाटोमै मृत्यु भयो’, उनले भने । 

 

ती वृद्धासहित ५ जनाको परिवार घरमा सुतिरहेका थिए । घर भत्किएपछि अन्य ४ जना भने भागेर ज्यान जोगाउन सफल भएको वडाध्यक्ष दरैले जानकारी दिए ।

 

अरू ४ जना सकुशल छन् । घरको पछाडिपट्टिको भाग भत्किएर पूर्ण रूपमा क्षति पुगेको छ ।