देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) कोरोना संक्रमणबाट सप्तरीको सप्तकोसी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको मृत्यु, पालिकामा कोरोनाकै कारण मृत्यु हुनेको संख्या तीन पुग्यो ।
२) कोरोना संक्रमित बढेपछि काभ्रेको बनेपा नगरपालिका ४ जेठ मध्यरातीदेखि एक साताका लागि सिल गर्ने निर्णय, नगरमा हालसम्म कोरोनाका कारण १० को मृत्यु ।
३) किसानले उब्जाएका तरकारी कृषि एम्बुलेन्समार्फत घरघरबाट उठाउँदै स्याङ्जाको फेदीखोला गाउँपालिका, निषेधाज्ञाको समय तरकारी बिक्री हुँदा किसान दंग ।
४) बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादव पुर्पक्षका लागि कारागार चलान, जागिर लगाइदिने प्रलोभन दिएर करणी गरेको आरोप ।
५) कोरोना संक्रमणको दर बढ्दै गएपछि ओखलढुंगाको मोलुङ गाउँपालिकाका ६ वटा वडा सिल गर्ने निर्णय, स्थानीयलाई स्वास्थ्य सतर्कता अपनाउन पालिकाको आग्रह ।
६) ललितपुर महानगरपालिकाले चिनियाँ खोप भेरोसिलको दोस्रो डोज ६ जेठदेखि लगाउन सुरु गर्ने, पालिकाद्वारा खोप केन्द्र निर्धारण ।
७) बैतडीको मैलौली नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न, बैठकले गर्यो विभिन्न महत्वपूर्ण निर्णय ।
८) नवलपरासीको बर्दघाट नगरपालिकाले ढेंडारीफाँटमा रहेको अस्पतालमा एचडियु सेवा सञ्चालनमा ल्यायो, बिरामीलाई सहज ।
९) धादिङको थाक्रे गाउँपालिकालद्वारा कोभिडका बिरामी बोक्ने एम्बुलेन्स चालकलाई प्रतिबिरामी पाँच सय रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय, एम्बुलेन्स चालकलाई पिपिई सेट प्रदान ।
१०) विराटनगर महानगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि सञ्चालनमा ल्यायो ५१ शय्याको आइसोलेसन सेन्टर, सेन्टरका लागि शिक्षादीप कलेजले दियो सय थान अक्सिजनसहितका सिलिन्डर ।
११) हुम्लाका पाँच गाउँपालिकामा कोरोना संक्रमणको दर बढ्दो, ग्रामीण बस्तीहरूमा कोरोनाको आशंकामा परीक्षण गर्दा संक्रमितको संख्या दैनिक बढ्दै ।
१२) कैलालीको धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न महाकाली इँटा उद्योग व्यवसायी संघले मेयर कल्याणकारी कोषमा जम्मा गर्यो १ लाख १० हजार रुपैयाँ, कोषमा रकम बढ्दै ।
१३) कोरोना कहरकै बीच काभ्रेको पनौती नगरपालिका विकास निर्माणमा जुट्यो, संसारी मन्दिर जाने सडक नगरप्रमुख भीम न्यौपानेले गरे शिलान्यास ।
१४) चितवनको माडी नगरपालिकाद्वारा बघौडा अस्पतालमा अक्सिजनसहितको आइसोलेसन उपचार सेन्टर सञ्चालन, नगरपालिकाको आकस्मिक कोषमा स्थानीय रामलाल महतोद्वारा ५० हजार रुपैयाँ पनि प्रदान ।
१५) काठमाडौंको टोखा नगरपालिकालाई एनआईसी एशिया बैंकद्वारा तीन थान अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग, टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण ।
१६ ) जिल्ला समन्वय समिति कास्कीद्वारा जिल्लाका ५ वट स्थानीय तहलाई कोभिड नियन्त्रणका लागि रकम प्रदान, महानगरलाई ६० लाख र अरू पालिकालाई १० लाखका दरले रकम प्रदान ।
१७) घरघरमै राखिएका बागलुङका ताराखोला गाउँपालिकाका संक्रमितलाई डाक्टरसहितको सेवा दिइँदै, बाहिरबाट आउनेको तथ्यांक बटुल्न टोल–टोलमा टोली परिचालन ।
१८) दाङको तुलसीपुर उपमहानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट तथा कोरोना मेट्रो हस्पिटलको व्यवस्थापनमा आर्थिक सहयोग जुट्दै, संघ–संस्था र व्यक्तिले रकम सहयोग गर्दै ।
१९) जाजरकोटको बारेकोट गाउपालिका–१ का धीरेन्द्र पुनद्वारा गाउँपालिकालाई चार थान अक्सिजन सिलिन्डर प्रदान, पालिकाले सिलिन्डर कोरोना संक्रमित गम्भीर बिरामीलाई उपलब्ध गराउने ।
२०) कोरोना संक्रमणका कारण रौतहटको गरुडा नगरपालिका–७ का वडाध्यक्ष रामईश्वर राय यादवको उपचारको क्रममा निधन ।