कास्की- गोरखाको धार्चे गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
३ दिनअघि लिइएको स्वाब परीक्षण गर्दा शुक्रबार उनीसहित ७ जनामा कोरोना पुष्टि भएको हो ।
होम आइसोलेसनमा बसेका उनीहरू सबैको अवस्था सामान्य छ ।
संक्रमण पुष्टि भएकामध्ये ४ जना गाउँपालिकाका कर्मचारी हुन् भने २ जना स्थानीय रहेका छन् ।