close

कपिलवस्तुमा निषेधाज्ञा

कपिलवस्तुमा निषेधाज्ञा

Trulli
ADVERTISEMENT

कपिलवस्तु- जिल्ला स्तरीय कोरोना व्यवस्थापन समितिले कपिलवस्तुमा १९ देखि ३१ वैशाखसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

 

समितिको आइतबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेयले बताए ।

 

निषेधाज्ञामा अति आवश्यक सामग्री किनमेलका लागि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पसल सञ्चालन गर्न दिइनेछ । 


निषेधाज्ञा जारी भएपछि निजी तथा सार्वजनिक सवारी साधन चल्न रोक लागेको छ । कपिलवस्तुमा पछिल्लो समय संक्रमितको संख्या ४२९ पुगेको छ ।

 

जिल्लाको राजमार्ग क्षेत्र र कपिलवस्तु नगरपालिकामा संक्रमितको संख्या बढी रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेले जानकारी दिए ।