काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार २ सय ९२ पीसीआर परीक्षणमा पछिल्लो २४ घण्टामा थप तीन हजार १२२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन परीक्षणमा ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ३९२ रहेको छ ।