महोत्तरीको भंगहा नगरपालिका-८ स्थित धर्मपुर टोलका ७ जना किशोरी बेपत्ता भएका छन् ।
मंगलबार दिउँसो करिब दुई बजे घाँस काट्न गएको बेला बेपत्ता भएका हुन ।
बेपत्ता हुनेहरूमा २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रंजना पासवान र १२ वर्षीया सीमा पासवान रहेका छन् । उनीहरू सबै एउटै टोलका हुन् ।
‘उनीहरू सधैँ समूहमै घाँस काट्न जान्थे र साँझसम्म फर्किहाल्थे तर हिजोदेखि नफर्केपछि हामीले खोजीरहेका छौ । ज्योतिका बुवा विष्णु पासवानले भने ।
घरबाट करिब एक किलोमिटरको दूरीमा रहेको पूर्वपट्टीको चौरमा घाँस काट्दै गर्दा उनिहरु एक्कासी हराएको स्थानिय बासिन्दाको भनाइ छ ।
बेपत्ता हुनेहरुमा साना बालबालिका समेत भएको हुनाले कतिपयले कसैले अपहरण गरेर बन्धक बनाएको हुन सक्ने आसङका गरेका छन ।
बेपत्ता किशोरीहरुको अपहरण नै भएको आसङका गरिएको बताउदै खोजी कार्यलाइ तिव्र बनाइएको भङगाह नगरपालिकाका नगरप्रमुख सन्जिव साहले जानकारी दिए ।
"हिजोदेखी बेपत्ता भएका बालिका तथा किशोरीहरुको खोजी कार्यलाइ हामिले तिब्र बनाएका छौ, भर्खरै जिल्लाबाट थप प्रहरीको टोली समेत आइसकेको छ" नगरप्रमुख साहले भने ।