देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
.................................................................................................................
१) प्युठानको झिमरुक गाउँपालिकाले गरिब परिवारलाई खरका छाना हटाउन अनुदान दिने, २०० घरधुरीलाई प्रतिघरधुरी ५० हजार रुपैयाँका दरले अनुदान ।
२) हुम्लाको चंखेली गाउँपालिकास्थित सलिसल्लामा पहिलो पटक पुग्यो बस, स्थानीय दंग ।
३) कास्कीको मादी गाउँपालिकामा दुई झोलुंगे पुल निर्माण, स्थानीयलाई आवतजावत गर्न सहज ।
४) १० हजार फूलका बिरुवा उत्पादन गर्दै मकवानपुरको हेटौँडा उपमहानगरपालिका, बजार क्षेत्र र आसपासका सडक पेटीमा फूलैफूलले ढकमक्क पार्ने योजना ।
५) स्याङ्जाको गल्याङ नगरपालिकाले सबै वडामा मेलमिलाप समिति गठन गर्दै, वडाका समस्या वडामै समाधान गर्ने पालिकाको योजना ।
६) कोरोना संक्रमित बढेपछि बाजुरामा निषेधाज्ञा जारी, जिल्लाबासीलाई स्वास्थ्य सतर्कता अपनाउन प्रशासन र स्थानीय तहको आग्रह ।
७) भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले २५औँ स्थापना दिवस मनायो, दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न ।
८) चितवनको खैरहनी नगरपालिकाले किसानलाई ७५ प्रतिशत अनुदानमा बेसारको बिउ वितरण गर्ने, इच्छुकले कृषि शाखामा निवेदन दिनुपर्ने ।
९) डडेल्धुराको अजयमेरु गाउँपालिकाको आयोजनामा भएको पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न, मणिलेक माध्यमिक विद्यालयले चुम्यो उपाधि ।
१०) युवालाई गाउँमै स्वरोजगार बनाउन ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाको अभियान, अभियानअन्तर्गत सबै वडामा युवा लक्षित सीप विकास तालिम सुरु ।
११) रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाअन्तर्गत विभिन्न विद्यालयमा कार्यरत शिक्षण सिकाइ अनुदान शिक्षकले साउनदेखि तलब पाएनन्, शिक्षकले नगरपालिकामा बुझाए ज्ञापनपत्र ।
१२) ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा मेयर कप भलिबल प्रतियोगिता जारी, प्रतियोगिताका विजेताले २ लाख २१ हजार १ सय र उपविजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पाउने ।
१३) बाजुराको जगन्नाथ गाउँपालिकाका सामुदायिक विद्यालयलाई पालिकाद्वारा कम्प्युटर हस्तान्तरण, प्रविधिमा जोडिँदै सामुदायिक विद्यालय ।
१४) हुम्लाको अदानचुली गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकबाट भुक्तानी गर्ने, लाभग्राहीहरूले आ–आफ्नो विवरण पञ्जीकरण शाखामा बुझाउनुपर्ने ।
१५) डोल्पाको ठूलीभेरी नगरपालिकामा एक घर एक बगैँचा कार्यक्रम सुरु, पहिलो चरणमा नगरपालिकाद्वारा किसानलाई ७ हजार ओखरका बिरुवा वितरण ।
१६) कालोपत्रे नगरेको विरोधमा काठमाडौंका स्थानीयद्वारा जोरपाटी–सुन्दरीजल सडक अवरुद्ध, स्थानीय र यात्रु सास्ती खेप्न बाध्य ।
१७) जनतासँग मेयर, उपमेयर कार्यक्रमअन्र्तगत प्यूठान नगरपालिकाद्वारा कृषकलाई विभिन्न कृषि सामग्री वितरण, ८ जना कृषकले पाए कुटानी पिसानी मिल ।
१८) धनुषाको सहिदनगर नगरपालिकाको आयोजनामा युवालाई निःशुल्क मोबाइल मर्मत तालिम, तालिममा नगरका युवाको सहभागिता ।
१९) म्याग्दीको मंगला गाउँपालिकाद्वारा पशुलाई खोप लगाउन सुरु, पूर्ण खोप अभियानअन्तर्गत गाउँ–गाउँमा टोली परिचालन ।
२०) घाँटीमा मासु अड्केर बेहोस भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको उपचारका क्रममा महाकाली अस्पतालमा निधन ।