सल्यान– सल्यानको कृषि उपज बजार केन्द्र कपुरकोटले आगलागीपीडित किसानलाई कृषि सामग्री राहतस्वरूप उपलब्ध गराएको छ ।
कपुरकोटको वडा नम्बर २ दानवाङस्थित सुकबहादुर बुढा, खर्कबहादुर घर्ती र केशर घर्तीको घरमा आगलागी भएको थियो । आगलागीपीडितलाई रासायनिक मल र तरकारीको बिउबिजन वितरण गरिएको बजार केन्द्रका अध्यक्ष टंकराज नेपालीले जानकारी दिए ।
आगलागीपीडितलाई ३ बोरा डिएपी, २ बोरा युरिया र ३ प्याकेट हेमसोना गोलभेडाको बिउ गरी १५ हजार बराबरको राहत उपलब्ध गराइएको उनले बताए । राहत वितरणका लागि केन्द्रका प्रतिनिधि पीडितका घरमै पुगेका थिए ।