रूपन्देही– कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललाई तौलिहवास्थित कपिलबस्तु नगरपालिकाले बिदाइ गरेको छ ।
नगरप्रमुख किरण सिंह, उपप्रमुख लक्ष्मी साउ गुप्ता, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललगायतको टोलीले प्रजिअ पौडेललाई बिदाइ गरेको हो ।
कार्यक्रममा नगरप्रमुख सिंहले प्रजिअ पौडेलले जिल्लाको शान्ति–सुरक्षा, स्थानीय पालिकासँग समन्वय गर्नमा भूमिका खेलेको बताए ।