ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले अपांगता भएका शिक्षक तथा कर्मचारीको विवरण उपलब्ध गराउन पालिकाभित्रका सबै विद्यालयलाई परिपत्र गरेको छ ।
शिक्षा विकास तथा समन्वय इकाइले विवरण माग गरेपछि सिदिङ्वाले पालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई विवरण उपलब्ध गराउन परिपत्र गरेको हो ।
शिक्षा अधिकृत सुनिता भट्टराईले शिक्षक तथा कर्मचारीको विवरण उपलब्ध गराउने ढाँचासहित पालिकाभित्रका सामुदायिक विद्यालयलाई परिपत्र गरेको जानकारी दिइन् ।
यस्तो ढाँचाअनुसार विद्यालयले शिक्षकको नाम, ठेगाना, लिंग, कार्यरत तह, शैक्षिक योग्यता, अपांगताको किसिम, अपांगता परिचयपत्र लिए/नलिएको, लिएको भए अपांगताको श्रेणी, विद्यालयको प्रकार, नियुक्ति मिति र नियुक्तिको किसिम आदि विवरण खुलाई गाउँपालिकामा विवरण पठाउनुपर्नेछ ।