काठमाडौं- सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेकै अवस्थामा संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस पदाधिकारीले बुधबार सपथ लिएका छन् ।
नियुक्ति सिफारिस असंवैधानिक भन्दै दायर रिटको टुंगो नलाग्दै संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गरेका पदाधिकारीलाई बुधबार राष्ट्रपति कार्यालय शीतलनिवासमा सपथ गराइएको हो ।
३० मंसिरमा अध्यादेश ल्याएर गरिएको नियुक्ति सिफारिस असंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले रिट दर्ता गराएका थिए । उनीहरूले अध्यादेश नै संविधानको मर्मविपरीत रहेको भन्दै खारेजी र उक्त अध्यादेशअन्तर्गत भएका सिफारिस बदर माग गर्दै अदालत पुगेका थिए ।
संवैधानिक इजलासले सुनुवाइ गर्नुपर्ने सो मुद्दा प्रतिनिधिसभा विघटनको बहस सुरु भएपछि ओझेल परेको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा अख्तियार र निर्वाचन आयोगसहितका आयोगमा सिफारिस गरिएका पदाधिकारीलाई सपथ गराइएको हो ।
मंगलबार पुनः वरिष्ठ अधिवक्ता त्रिपाठीले संवैधानिक परिषद् बैठकबाट नियुक्तिका लागि गरिएको सिफारिस कार्यान्वयन नगर्न र नगराउन माग गर्दै अदालतमा अर्को निवेदनसमेत दर्ता गराएका थिए ।
रिटमा अर्याल र त्रिपाठीले केपी ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश बदर गर्नुपर्ने माग गरेका छन् भने दोस्रो रिटमा त्रिपाठीले सिफारिस कार्यान्वयन नगर्न र नगराउन अन्तरिम आदेश माग गरेका छन् ।
संविधानको धारा २९२ ले संसदीय सुनुवाइबिना संवैधानिक निकायका पदाधिकारी नियुक्त हुन नसक्ने परिकल्पना गरेको छ ।
कुन आयोगमा कसको नियुक्ति :-
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
प्रमुख आयुक्त: प्रेमकुमार राई
आयुक्त: जयबहादुर चन्द
आयुक्त: किशोर सिलवाल
मानव अधिकार आयोग
अध्यक्ष: तपबहादुर मगर
सदस्यहरू :
मनोज दुवाडी
डा. सूर्य ढुंगेल
लिली थापा
मिही ठाकुर
निर्वाचन आयोग
आयुक्तहरू :
रामप्रसाद भण्डारी
डा. जानकी तुलाधर
वित्त आयोग
जुद्ध गुरुङ
अमरराज मिश्र
महिला आयोग
अध्यक्ष: कमलाकुमारी पराजुली
कृष्णकुमारी पौडेल खतिवडा
विद्याकुमारी सिह्ना
दलित आयोग
अध्यक्षः देवराज विक
सदस्यहरू:
मीना सोब
परशुराम रम्तेल
कुञ्ज बराइली
मेहेले पार्की
समावेशी आयोग
अध्यक्ष: मनप्रसाद खत्री
सदस्यहरू :
रामचन्द्र जोशी
हरिभक्त जोशी
जितेन्द्र पासवान
आदिवासी आयोग
अध्यक्ष: रामबहादुर थापा
सदस्यहरू :
मीन श्रीस मगर
मीनसिंह लामा
रीना राना
चरण राई
मधेसी आयोग
सदस्यहरू:
जीवच्छ साह
रेणुदेवी साह
विजय गुप्ता
थारु आयोग
सदस्यहरू:
विकास चौधरी
बबिता चौधरी
सुबोधसिंह थारु
भोलाराम चौधरी
मुस्लिम आयोग
महमुद्दीम अलि
मिर्जाअर्सद बेग