अछाम- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अछामका स्थानीय तहका २७ वटा उजुरी परेका छन् ।
आयोग सुदूरपश्चिम प्रदेश कार्यालय कञ्चनपुरमा सबैभन्दा बढी ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाका ६-६ वटा उजुरी अख्तियारमा परेका हुन् ।
यस्तै, सबैभन्दा कम चौरपाटी गाउँपालिकाको एउटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ ।
त्यसैगरी मंगलसेन नगरपालिकाका ४, बान्नीगढी जयगढ गाउँपालिकाका ३, पञ्चदेवल विनायक नगरपालिकाका २, रामारोशन गाउँपालिका र साँफेबगर नगरपालिकाका २ उजुरी परेको सूचना अधिकारी हरिचन्द्र जोशीले बताए ।
उपभोक्ता समितिमा आफ्नो मान्छे राख्ने, पूर्वाधारमा गुणस्तर काम नगरेको, किर्ते हस्ताक्षर गरेर रकम र अधिकार दुरुयोगजस्ता प्रकृतिका उजुरी आउने गरेको उनले बताए ।
संघीयतापछि स्थानीय तहबाट भएका कामका विषयमा अख्तियारमा उजुरीका गर्ने क्रम बढ्न थालेको छ ।