काठमाडौं- कीर्तिपुर नगरपालिकाद्वारा आयोजित नेपाल भाषाको लघु चलचित्र प्रतियोगिता ११४० मा प्रदीप खड्गीद्वारा निर्देशित “साःगः” लघु चलचित्र प्रथम भएको छ ।
शनिवार काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको पहिलो प्रिमियर प्रदर्शनपछि विजयी लघु चलचित्रको घोषणा भएको हो ।
कीर्तिपुरको ऐतिहासिक, पुरातात्विक, पर्यटकीय स्थानका साथै कीर्तिपुरको किंवदन्तीलाई आधार बनाएर कीर्तिपुर झल्कने गरी लघु चलचित्र बनाउन गत वर्ष पनि आयोजना गरिएको थियो
प्रतियोगितामा नेवाः यूट्युवको प्रस्तुति यौवन शाक्यद्वारा निर्देशित “आजु” द्यः” दोश्रो, आर्यम नकःमिद्वारा निर्देशित “लाखय् पाः” तृतिय र भाइकाजी महर्जनको “न्हय्का सिँ” ले सात्वना पुरस्कार प्राप्त गरेको थियो ।