बझाङ– बझाङको केदारस्युँ गाउँपालिकाका उपाध्यक्ष निशा धामीले आफनै सहयोगमा शारीरिक रुपमा अशक्त भएका वृद्ध परिवारलाई राहत वितरण गरेकी छिन् ।
शक्रवार केदारस्युँ गाउँपालिका १ का ८५ वर्षिया गम्भीरे नेपालीको निवासमै पुगी चामल, दाल, तेल, नुन, साबुन, सिरक र न्यानो कपडा वितरण गरेकी हुन् ।
गम्भीरे नेपालीको सम्पत्तिको नाममा बस्नलाई आफ्नो घरसमेत छैन । परिवारमा छोरा भुमि बाहेक बुहारी र दुई नाति शारीरिक रुपमा अशक्त छन् । बिहान बेलुका माग्नुको विकल्प छैन ।
थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्याय लगायतले अपांगता भएका परिवारबारे स्थलगत अनुगमन गरेर राहत वितरण गरेका हुन् ।
बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीलेसमेत चासो राखेपछि विदेशका युवाले समेत सहयोग संकलन गरिरहेका छन् । केदारस्युँ गाउँपालिकाका उपाध्यक्ष निशा धामीले भनिन्, ‘बस्ने बाँससमेत नभएका भुमिहीन परिवारको अवस्था नाजुक देखिएपछि जाडोमा न्यानो कपडा स्वस्प राहत वितरण गरेको हुँ ।’