रुपन्देही–लुम्बिनी प्रदेश सरकारले माघी पर्व मनाउन दुई दिन सार्वजनिक बिदा दिएको छ । थारु सामुदायको सबैभन्दा ठूलो पर्व माघीको अवसरमा दुईदिन सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकारले माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरेको पत्र मार्फत जानकारी दिएको हो । संघीय सरकारले पनि माघी मनाउन १ माघमा सार्वजनिक बिदा दिने घोषणा गरिसकेको छ ।