देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका २० खबर
१) काठमाडौं महानगरपालिकाले विविध कार्यक्रम गरी २६औँ महानगर दिवस मनायो, दिवसकै अवसर पारेर महानगरवासीको अभिमत लिन ‘अभिमत संकलन बुथ’ संचालनमा ।
२) कोरोनाको जोखिम कायमै रहेको भन्दै बैतडीको डिलासैनी गाउँपालिकामा ५ पुससम्म लकडाउन थप गर्ने पालिकाको निर्णय, गाउँपालिकामा अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द । ३) सुनसरीको कोसी गाँउपालिका- ६ सुकुम्बासी टोल बस्ने ३२ वर्षीय प्रमोद यादवको जंगली हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आतंक बढेपछि स्थानीय चिन्तित ।
४) मोरङको मिक्लाजुङ गाउँपालिकामा संयुक्त सुरक्षा बेस क्याम्प स्थापना, सुरक्षाकर्मी बस्ने भवन मिक्लाजुङ गाउँपालिकाले निर्माण गर्यो ।
५) जिल्ला अस्पताल सिरहामा कोरोना परीक्षण गर्ने पीसीआर मेसिन जडान, प्रदेश २ सरकारको आर्थिक सहयोगमा जडान गरिएको मेसिनको सामाजिक विकासमन्त्री नवलकिशोर साहले गरे उद्घाटन ।
६) काठमाडौंको चन्द्रागिरि नगरपालिका- २ मा ना२क ३२३ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, मिनी ट्रक प्रहरीको नियन्त्रणमा ।
७) खोटाङको साकेला गाउँपालिकाका ज्येष्ठ नागरिक र अपांगता भएकालाई निःशुल्क यातायात, गाउँपालिका र खोटाङ यातायात प्रालिबीच सम्झौता ।
८) रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले विद्यालयमा गयल हुने ६९ जना शिक्षकको साढे दुई लाख रुपैयाँभन्दा बढी तलब काट्यो, एक दिनदेखि बढीमा ४५ दिनसम्म विद्यालयमा हाजिर नहुने शिक्षक कारवाहीमा ।
९) कृषियोग्य जमिन आवास क्षेत्रमा परिणत हुँदै गएपछि काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले रुद्रेश्वरलाई आवासीय क्षेत्र घोषणा गर्यो, आवास निर्माणका लागि विभिन्न मापदण्ड लागू ।
१०) चाँगुनारायण नगरपालिकाका स्थानीयले अब आफ्नै नगरभित्र अस्पतालको सेवा पाउने, नगर अस्पतालको उद्घाटन ।
११) गुल्मीको इश्मा गाउँपालिकामा ५० लाख रुपैयाँको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा अनियमितता भएको भन्दै छानविन समिति गठन, समितिले काम थाल्यो ।
१२) पोखरीमा माछा मार्ने विषयमा स्थानीयमा विवाद हुँदा सप्तरीको बोदेबर्साइन नगरपालिका- ३ की ४५ वर्षीया गङ्गियादेवी मण्डल मृत्यु, प्रहरीले सुरु गर्यो अनुसन्धान ।
१३) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कोरोनाका बिरामीको संख्या बढ्न थालेपछि वडा नम्बर- ५ को कार्यालय एक साताका लागि सिल, सेवा प्रभावित ।
१४) खोटाङ र उदयपुर जोड्ने सुनकोसीको फोक्सिङ्टारमा अस्थायी बेली ब्रिज संचालनमा, आवतजावतमा सहज ।
१५) दोलखाको तामाकोसी गाउँपालिकामा कोभिड- १९ अस्थायी अस्पताल स्थापना, अब संक्रमितले उपचारका लागि बाहिर जानु नपर्ने ।
१६) कर्मचारी हाजिर गराउन नमान्ने ३५ वटा पालिकाको झण्डै २ करोड रुपैयाँ अनुदान कट्टा, हाजिर गर्न नपाएका कर्मचारीको तलब भत्ता अहिलेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदान गर्ने ।
१७) मकवानपुरको हेटौँडामा एक करोड रुपैयाँको लागतमा उर्गेन छिरिङ नामक गुम्बा निर्माण गरिने, गुम्बाको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले गरे शिलान्यास ।
१८) उदयपुरको लिमचुङ्बुङ गाउँपालिकाले रमितेचुङ डाँडामा संचालनमा ल्यायो कृषि उपज बजार, अब गाउँको उत्पादन बजारमा बिक्री गर्न सिकने ।
१९) बागमती प्रदेशका ६७ वटा गाउँपालिकामा प्रदेश प्रहरी कार्यालय हेटौँडाले गुनासो तथा सुझाव संकलनका लागि उजुरी पेटिका राख्यो, प्रहरीविरुद्ध उजुरी गर्न सकिने ।
२०) काठमाडौंको शान्तिनगरमा रहेको सुकुम्बासी वस्तीमा आगलागी, वस्तीमा रहेको एउटा घरका आठवटा कोठा जलेर नष्ट ।