कास्की- स्थानीय तहका जनप्रतिनिधिबीच विकास निर्माण र नीतिगत विषयमा सहकार्य भएको त सुनिएकै हो । तर कास्की र मुस्ताङका जनप्रतिनिधिले भने लगनगाँठो नै कस्ने भएका छन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका का अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङबीच भोलि (शुक्रवार) विवाह हुने तय भएको छ ।
मुख्यमन्त्री पृथ्वी सुब्वाले अध्यक्ष र उपाध्यक्षको जोडीलाई विवाहस्थलमा पुगेर शुभकामना दिने बताएका छन् ।
जनप्रतिनिधिमा निर्वाचित भएपछिको चिनजानपछिको सहकार्यलाई विवाहमा परिणत गरेको अध्यक्ष गुरुङले पालिकाखबरलाई जानकारी दिए ।
उनीहरुको भोलि पोखराको याम्डीस्थित एक रेष्टुरेण्टमा परम्पराअनुसार विवाह हुँदैछ । अध्यषले यो विवाहलाई हिमाल र पहाडवीचको सम्बन्धको सेतु भनेका छन् ।