close

पाल्हीनन्दनका सबै सेवा बन्द 

पाल्हीनन्दनका सबै सेवा बन्द 

Trulli
ADVERTISEMENT

नवलपरासी - पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले बिहीबारदेखि २५ कात्तिकसम्म अत्यावश्यबाहेकका सबै सेवा बन्द गरेको छ ।


कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै थप कर्मचारी तथा जनप्रतिनिधिमा कन्ट्याक टे«सिङ गर्नुपर्ने भएकाले सबै सेवा बन्द गरिएको पालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले जानकारी दिए ।


यसअघि गाउँपालिकाका लेखापालको कोरोना संक्रमणका कारण निधन भएको थियो । पालिकाले कोरोना संक्रमणबाट जोगिन सतर्कता अपनाउन गाउँबासीलाई आग्रह गरेको छ ।