सिरहा– सिरहाको अर्नमा गाउँपालिका–१ का वडाध्यक्ष गफार मियाँले बलात्कार गरेको भन्दै एक महिलाले जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दिएकी छन् ।
एक व्यवसायी महिलाले आफुलाई वडाध्यक्षले बलात्कार गरेको भन्दै उजुरी गरेपछि वडाध्यक्षलाई पक्राउ गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
‘घटनाबारे जाहेरी आएको छ,’ जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम पौडेलले भने, ‘घटनाबारे अनुसन्धान जारी छ । अनुसन्धानपछि सबै कुरा बाहिर आउने छ ।’
आरोपबारे बुझ्न वडाध्यक्ष मियाँसँग गरेको पटक पटकको फोन प्रयास सफल हुन सकेन । शुक्रवार दिउसैबाट वडाध्यक्ष सम्पर्क विहीन छन् ।
वडा कार्यालयमा समेत नआएको कार्यालयका कर्मचारलिे जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार फरार वडाध्यक्षको खोजी कार्य जारी छ ।