धादिङ- धादिङको गल्छी गाउँपालिकाका वडाध्यक्ष र वडा सचिवहरूका लागि सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण गर्न अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाका ८ वटै वडामा कार्यरत कर्मचारीका लागि घटना दर्तासम्बन्धी अभिमुखीकरणपछि बुधबार वडाध्यक्ष र सचिवहरूका निम्ति उक्त कार्यक्रम आयोजना गरिएको हो ।
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण विषयमा जानकारी दिन अभिमुखीकरण कार्यक्रम आयोजना गरीएको हो ।
यस्ता तालिमले जनप्रतिनिधिलाई व्यक्तिगत घटना दर्ता प्रक्रियाबारे बुभ्mना सहज हुने गल्छी गाउँपालिकाकी उपाध्यक्ष राधा तिमिल्सिनाले बताइन् । सहभागीहरूलाई एमआईएस अपरेटर सानुमाया लामा र फिल्ड सहायक विपिन मल्लले सहजीकरण गरेका थिए ।