धनुषा- धनुषाको जनकपुरधाम उपमहानगरपालिका १३ का कार्यालय सहयोगी घुस लिदा लिदै पक्राउ परेका छन् ।
कार्यालय सहयोगी दिलिप पञ्जियारलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग २४ हजार घुस लिदालिदै पक्राउ गरेको हो ।
अख्तियारको प्रदेश १ कार्यालयका अनुसार उनलाई कार्यालय परिसरवाटै पक्राउ गरिएको छ । पक्राउ परेका पञ्जियारमाथि आवस्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।