close

बेदकोट नगरपालिकाका वडाध्यक्ष कुटिए

बेदकोट नगरपालिकाका वडाध्यक्ष कुटिए

Trulli
ADVERTISEMENT

कञ्चनपुर– जिल्लाको बेदकोट नगरपालिका–९ का वडाध्यक्ष रामसिंह धामी माथि आक्रमण भएको छ । नगरपालिकाका जग्गा समस्या समाधानका लागि समिति बनाएपछि मंगलबार साँझ उनीमाथि धारिलो हतियार प्रहार भएको छ ।

सत्तारूढ नेकपाका नेता धामी तीन वडाको जमिन अर्कैको नाममा दर्ता गराउने भूमाफिया र कर्मचारी विरुद्ध लड्दै आएका उनीमाथि रिसइवी साध्न आक्रमण भएको बताइएको छ ।
उनलाई आफ्नै वडाको सुन्दरपुर भन्ने स्थानमा आक्रमण गरी घाइते बनाइएको हो ।

उनको पेट र छातीमा चोट लागेको छ । १० जना जतिको समूहले आक्रमण गरेको उनको भनाइ छ ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले घटनाबारे अनुसन्धान सुरु भएको जानकारी पालिकाखवरलाई दिए ।