काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली दिएका छन् ।
देउवाले आइतबार ललितपुर महानगरपालिका परिसरमा पुगेर उनलाई हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन् । प्रधानमन्त्री देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् ।
आइतबार बिहान जोशीको निधन भएको थियो ।
यस्तै, जोशीलाई हार्दिक श्रद्धाञ्जालीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि पुगेका थिए ।