close

नगरप्रमुख प्रजापति र बंगलादेशका साहित्यकारहरूबीच भेटवार्ता

नगरप्रमुख प्रजापति र बंगलादेशका साहित्यकारहरूबीच भेटवार्ता

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र बंगलादेश नेपाल मैत्री संघका अध्यक्ष एवम् ढाकाका वरिष्ठ साहित्यकार लायन मोसिउर अहमदबीच भेटर्वार्ता भएको छ । 

बंगलादेशका साहित्यकार अहमदको नेतृत्वमा नेपाल भ्रमणमा आएका टोलीले बुधबार नगरप्रमुख प्रजापतिसँग भेटवार्ता गरेका हुन् । 

नगरप्रमुख प्रजापतिले दुई देशबीचको अनुभव आदानप्रदानले दुई देशबीचका जनताबीचको सम्बन्ध अझ समधुर र प्रगाढ हुने विश्वास व्यक्त गरे ।  प्रजापतिले भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने आवश्यक तयारीहरु गरिरहेको अवगत गराए । 

प्रतिनिधिमण्डलका तर्फबाट बंगलादेश नेपाल मैत्री संघका अध्यक्ष एवम् ढाकाका वरिष्ठ साहित्यकार लायन मोसिउर अहमदले भक्तपुर नपाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर गरिरहेको काम निकै प्रशंसनीय रहेको बताए ।