close

कमलामाईमा निबन्ध प्रतियोगिता हुने

कमलामाईमा निबन्ध प्रतियोगिता हुने

Trulli
ADVERTISEMENT

सिन्धुली । कमलामाई नगरपालिकाले राष्ट्रिय विज्ञान दिवसको अवसरमा निबन्ध प्रतियोगिताको आयोजना गर्ने भएको छ । 
यही असोज १ गते हुने प्रतियोगितामा सहभागी हुनको लागि पालिकाले नगरभित्र सञ्चालनमा रहेका विद्यालयलाई अनुरोध गरेको छ । नगरभित्रका विद्यार्थीहरूको सृजनात्मक क्षमताको विकाससँगै सामाजिक आर्थिक रुपान्तरणका लागि निबन्ध प्रतियोगिता गर्न लागेको पालिकाले जनाएको छ । 

तहगत रुपमा पालिकाले निबन्ध प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिताको लागि दुई विषयमा निबन्ध लेख्न सक्ने पालिकाको शिक्षा शाखाले जनाएको छ । शाखाका अनुसार निमावि तहले ‘विज्ञान र प्रविधिमा लगानीमा विस्तारः समुन्नति र समृद्धिको आधार’ विषयमा दुई शब्द नघटाई लेख्नु पर्नेछ । 

प्रतियोगितामा सहभागी हुने विद्यार्थीले भदौ ३० गतेभित्र पालिकाको सूचना प्रविधि शाखामा पेश गरिसक्नुपर्ने पालिकाले जनाएको छ ।