close

ईश्वर दाहालको उपन्यास ‘मध्याह्न, झुल्के घाम र गोधूली’ बजारमा

ईश्वर दाहालको उपन्यास ‘मध्याह्न, झुल्के घाम र गोधूली’ बजारमा

Trulli
ADVERTISEMENT

काठमाडौं । साहित्यकार ईश्वर दाहालको उपन्यास ‘मध्यान्ह झुल्के घाम र गोधूली’शुक्रबार सार्वजनिक भएको छ । 

उपन्यासलाई साहित्यकार बुद्धिसागर, पत्रकार बसन्त बस्नेत, समाजशास्त्री नारायणी देवकोटा र लेखक दाहालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रममा उपन्यासमाथि अन्तर्क्रियासमेत गरिएको थियो । 

कृतिमाथि टिप्पणी गर्दै साहित्यकार बुद्धिसागरले उपन्यासले सुरुदेखि अन्त्यसम्मै पाठकलाई आकर्षित गर्न सफल भएको बताए।‘कथा सुरु भएदेखि अन्त्यसम्मै पाठकलाई आकर्षण गर्ने कथा वस्तु रहेको छ,’ उनले भने।

पत्रकार बस्नेतले उपन्यासले नेपाली पत्रकारिताको स्थिति र राजनीतिक घटनाक्रमको सजिब चित्रण गरेको बताए। समाजशास्त्री नारायणी देवकोटाले राजनीतिक खेल समाजसँग कसरी जोडिन्छ भन्ने विषय उपन्यासमा प्रस्तुत गरिएको बताइन् । 

उपन्यासका लेखक दाहालले आफूले देखेको र भोगेको परिवर्तनलाई उपन्यासका रुपमा लेखेको बताए । ‘समाजमा एउटा वर्गलाई अर्को‌ वर्गले सधैं प्रश्न उठाउँछ । जसले बढी प्रश्न उठाउँछ, ऊ बढी जवाफदेही हुनुपर्छ । तर, कालान्तरमा प्रश्न गर्ने मान्छे जवाफदेही नभएको पाएँ ।'  उपन्यास ‘मध्यान्ह झुल्के घाम र गोधूली’ सांग्रिला बुक्सले प्रकाशित गरेको हो।