२०७४ को स्थानीय तहको निर्वाचनमा नमोबुद्ध नगरपालिकाको नगर प्रमुखमा निर्वाचित टि.पी.शर्मा तिमल्सिनाले आफ्नो पाँच बर्षे कार्यकाल सकिनै लाग्दा समिक्षात्मक कविता सार्वजनिक गर्नुभएको छ । सँधै सबैप्रति सकारात्मक सोच राख्ने उनै प्रमुख तिमल्सिनाको सोही कविता 'शनिवारीय चिन्तन'मा । -सं.
मैले तपाइँहरुको धेरै माया पाए।
सहयोग पाए
उत्साह पाए
समिपता र,
सहृदयता पाए
त्यसैले त पाँचवर्ष बिताए ।
सोचेजती सबै भएन होला
आकांक्षा सबै पुगेन होला
थुप्रै थिए, - चाहनाहरु
आवश्यकताहरु।
तर, जसरी पुग्थ्यो
तपाइँहरु सबैको सहकार्य थियो
म इमान्दारीसाथ जुटिरहे
अवस्था बदल्ने प्रयत्न गरिरहे
सबै काममा तपाइँहरुकै सल्लाह पाए
त्यसैले त पाँचवर्ष बिताए।
म खुशीले भारी छु
सबैप्रती आभारी छु
आउँने पुस्तालाई कार्यभार सुम्पेर
मलाई हरेक किसिमले सहयोग पुर्याउने
सबैलाई धन्यवाद दिदै
अब यो ठाउँबाट जाने तयारीमा छु।
तरपनी म कुनै न कुनै रुपमा
तपाइँहरुसँगै रहनेछु
तपाइँहरुकै समिपमा रहनेछु।
र, फ़ेरिपनि तपाइँहरुकै स्नेह
सहयोग
उत्साह
र, सल्लाहको अभिलाषी छु।
तपाइँहरुबाट मैले धेरै सहयोग पाए
त्यसैले त पाँचवर्ष बिताए |
-२४ बैशाख, २०७९