महोत्तरी- गौशाला नगरपालिकाकी उपमेयर रेणु महतो चढ्ने सरकारी गाडीमा आगजनी भएको छ।
आइतबार राति रामनगरस्थित आफ्नै घरमा पार्किङ गरी राखेको प्र २–००२–०००१ झ ०००५ नम्बरको गाडीमा अज्ञात समूहले गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।