महोत्तरी – बुढीनन्दा नगरपालिका, बाजुराका जनप्रतिनिधिले मटिहानी नगरपालिकाको अवलोकन गरेका छन् ।
बढीनन्दाका नगर प्रमुख जनककुमार बोहरा र प्रमुख प्रशासकीय अधिकृत संतोष कुमार साहले शनिबार मटिहानीको अवलोकन भ्रमण गरेका हुन् ।
उनीहरुलाई मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मंडलले सम्मानसहित स्वागत गरेका छन् । बढीनन्दाका नगर प्रमुख जनक कुमार बोहराले मटिहानीस्थित लक्ष्मी नारायण मन्दिरमा पूजा गर्नुका साथै नेपालकै सबभन्दा जेठो गुरुकुल राजकीय संस्कृत मावि र मटिहानीमा रहेको नेपालको सबैभन्दा अग्लो नेपालको झण्डाको पनि अवलोकन गरेका छन् ।
बुढीनन्दा नगरपालिकाका नगर प्रमुखले नगरपालिकको भ्रमणका साथै मटिहानीका नगर प्रमुख हरि प्रसाद मंडललाई बुढीनन्दा नगरपालिका भ्रमणका लागि निम्तो दिएको बताइएको छ ।