कैलाली- धनगढी उपमहानगरपालिका-२ का वडाध्यक्ष धर्मराज ओझाको घरमा चोरी भएको छ । गएराति उनको घरमा जडान गरिएका दुईवटा पानी तान्ने मोटर चोरी भएको हो ।
वडा नम्बर दुई भारतसँग जोडिएको क्षेत्र हो । खुला सिमानाका कारण चोरी हुने गरेको अध्यक्ष ओझा बताउँछन् । ‘यहाँबाट चोरी भएका सामान भारतीय बजारमा बिक्री गर्न सहज हुने भएकाले चोरी बढेको छ’, उनले भने ।