काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले टिकटक बन्द नभई नियमन गर्नुपर्ने बताएका छन् । आफ्नो नाममा भएका कयौं फेक आईडीले दु:ख दिएको स्मरण गर्दै उनले आफ्नो समस्या समाधान नभएको दुखेसोसमेत पोखेका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिँदै सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्नुपर्ने बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, 'बन्द समाधान होइन, अहिले जस्तो बन्द नै गर्ने होइन । यो बन्दलाई टिकटकसँग नियमन गर्न दह्रो आधार बनोस्,' उनले भनेका छन्, 'मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् ।'
यस्तो छ उनको स्टाटस्