पर्सा - धोबिनी गाउँपालिकाका जनप्रतिनिधि विभिन्न समस्याबाट गुज्रिदै काम गर्दै आएका छन् । जनताको माग र आवश्यताको सम्बोधन गर्नका लागि समस्याको समाधान गर्दै काम गर्दै आएका हुन् ।
गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानका अनुसार पालिकाभित्र जनप्रतिनिधिहरुबीच मतभेद नै मुख्य समस्या हो । आफूसहित दुई जना वडा अध्यक्ष जनता समाजबादी र उपाध्यक्षसहित ३ जना वडा अध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित भएको उनले पालिकाखबरलाई बताए ।
गाउँ कार्यपालिकामा पनि आफूहरु अल्पमतमा परेकोले जनप्रतिनिधिबीच मतभेद भएको उनको अनुभव छ । गाउँ कार्यपालिकाले छलफल गरेर कार्यक्रम ल्याए पनि कार्यान्वयनमा समस्या हुने उनले सुनाए । कार्यपालिकामा पनि आफूहरु अल्पमतमा परेकाे उनले बताए ।
स्थानीय बासिन्दाको माग र अपेक्षा पालिकासँग धेरै हुने उनको अनुभव छ । तर बजेट अभावले सबै माग पुरा गर्न नसकेको उनले सुनाए ।