तनहुँ- आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आफ्नो जन्मदिनको अवसरमा अक्षय कोष स्थापना गरेको छन् । अध्यक्ष चुमानले बुधबार जन्मदिनको अवसरमा आफ्नाे स्वर्गीय दाई आकास चुमानकाे नाममा अक्षय कोष स्थापना गरेका हुन् ।
उनले क्याम्पसमा १ लाख एक हजार १११ रुपैयाँ अक्षयकोष स्थापना गरेको बताएका छन् । कलेजमा अक्षयकोष स्थापना गर्ने रहर पहिल्यैदेखि भएतापनि जन्मदिनमा अवसर मिलेको उनले पालिकाखबरलाई बताए ।
उनले सो रकमबापतको चेक कलेजको प्रशासकलाई हस्तान्तरण गरेका छन् । अक्षयकोषबाट प्राप्त आम्दानीबाट सो कलेजमा अध्ययनरत जेहेन्दार तथा गरिब विद्यार्थीलाई उच्च शिक्षाको लागि छात्रवृत्ति वितरण हुने उनले बताए ।
उनका अनुसार सो कलेजमा २७० जना विद्यार्थी स्नातक तहमा अध्ययनरत छन् ।