close

काठमाडौंको हितमा काम गर्ने नभए सिंहदरबार अरु क्षेत्रमा सार्नु: नगरप्रमुख बालेन

काठमाडौंको हितमा काम गर्ने नभए सिंहदरबार अरु क्षेत्रमा सार्नु: नगरप्रमुख बालेन

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह (बालेन)ले  काठमाडौंको हितमा काम नगर्ने भए सिंहदारबारलाई अन्यत्र सार्नु भनेका छन् । महानगरपालिकाका नगरप्रमुख शाहले बिहिबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सिंहदरबारलाई अन्यत्र सार्न भनेका हुन् । 

उनले सिंहदरबार वा राजधानी अरु क्षेत्रमा सारेपनि काठमाडौं बासीलाई कुनै आपत्ति नहुने बताएका छन् । नगरप्रमुख शाहले काठमाडौंबासीलाई राजनीतिभन्दा पनि सम्पदा, संस्कृत, कला र सभ्यता आवश्यक रहेको बताएका छन् । 

'कि सिंहदरबार अरु पालिकामा सार्नुहोस । हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस,' उनले लेखेका छन्, 'हाम्रो सम्पदा, सस्कृती  , कला, सभ्यता चाहिन्छ , राजनिती हैन ।'

महानगरपालिकासँग सि‌ंहदरबारले आवश्यक सहयाेग नगरेकाे भन्दै बालेनले विगत चार दिनदेखि सि‌ंहदरबार र राष्ट्रपति कार्यालयकाे फोहोर उठाएकाे छैन । 

बालेनकाे स्टयाटस

कि सिंहदरबार अरु पालिकामा सार्नुहोस । हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस, उनले लेखेका छन्, हामीलाई हाम्रो सम्पदा, सस्कृती  , कला, सभ्यता चाहिन्छ , राजनिती हैन ।