close

वडा अध्यक्षको तलब दीर्घरोगी र विपन्न वर्गलाई

वडा अध्यक्षको तलब दीर्घरोगी र विपन्न वर्गलाई

Trulli
ADVERTISEMENT

पर्वत । फलेवास नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हितमान गुरुङले आफूले पाउने तलब सुविधाको सम्पूर्ण रकम स्थानीयलाई वितरण गरेका छन् । 

गत स्थानीय चुनावमा वडाध्यक्ष जितेपछि राज्यबाट पाउने सेवा सुविधा गरिब, असहाय, अशक्त र निम्न वर्गलाई उपलब्ध गराउने प्रतिबद्धता अनुसार बिहीबार  वडाध्यक्ष गुरुङले रकम हस्तान्तरण गरेका हुन् । 

उनले तलबबापतको रू एक लाख २४ हजार दीर्घरोगी र निम्न वर्गका २२ जनालाई न्यूनतम रू तीन हजारदेखि १० हजारसम्म वितरण गरेका हुन् ।

'मैले यसअघि गरेको प्रतिबद्धता अनुसार  मेरो सबै तलब वडावासीमा खर्च गर्नेछु', उनले भने, 'अबका दिनमा पनि राज्यबाट पाउने सबै खाले सुविधा वडाकै हितमा खर्च गर्नेछु ।'