काठमाडौं । कपिलवस्तुको शुद्धोधनका अध्यक्ष कमलेशरण चौधरीले विकासका मानिसभन्दा पनि मान्छेहरुको मानसिकता परिवर्तन हुनुपर्ने बताए ।
अघिल्लो स्थनीय तहको निर्वाचनमा झिनो मतले पराजित चौधरीले पालिका खबरसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । ‘विकासका लागि मान्छे भन्दा पनि मानसिकता परिवर्तन गर्नुपर्छ,’उनले भने, ‘नीतिले हुँदैन नियत सही हुनुपर्छ । यो मेरो नारा नै हो ।’
यस्तै, उनले पालिकालाई बिचौलियामुक्त बनाउने बताएका छन् ।
शुद्धोधन गाउँपालिकाका हरेक वडामा एम्बुलेन्स रहे पनि त्यसलाई व्यवस्थित गर्न आफू लागि परेको उनले बताए । गाउँपालिकामा स्वास्थ्य केन्द्रमात्रै रहेको बताउँदै पालिकामा एउटा पनि अस्पताल नरहेको बताए ।
अघिल्लो कार्यकालमा १० बेडको अस्पताल शिलान्यास भएको, तर शिलान्यासभन्दा अरू हुन नसकेकोमा दुःख व्यक्त गरे । साथै, आफ्नै कार्यकालमा एउटा अस्पताल बनाउने प्रतिबद्धता पनि गरेको उनले बताए । गैरचारित्रिक मामलामा कोही भेटिए निष्कासन गर्ने भनी कार्यपालिका बैठकबाटै पारित गरिएको जानकारी दिए ।