काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको स्वास्थ्यमा केही सुधार आएको छ ।
आइतबार बिहान मेडिकल कालेज नेपालगञ्जबाट भारतको लखनऊको एपोलो हस्पिटलमा लगेर उपचार सुरु गरेपछि उनकाे स्वास्थ्यमा सुधार देखिएको हो ।
एन्फ्लुयन्जा प्रमाणित भएपछि उनलाई उपचारका लागि मेडिकल कलेज नेपालगञ्जले रेफर गरिएको थियो ।