close

विकासमा नगरवासीको पूर्ण सहयोग छ : नगरप्रमुख शाक्य (भिडियोसहित)

विकासमा नगरवासीको पूर्ण सहयोग छ : नगरप्रमुख शाक्य (भिडियोसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । काभ्रेको बनेपा नगरपालिकाका  नगरप्रमुख शान्तिरत्न शाक्यले नगरविकासका लागि स्थानीय बासिन्दाबाट भरपूर्ण प्राप्त गरेको बताएका छन् । 

पालिका खबरसँगको कुराकानीका क्रममा उनले १०० दिनको अवधिमा नगरवासीबाट सोचेभन्दा बढी सहयोग प्राप्त गरेको भन्दै उनले नगरवासीलाई धन्यवाद दिए । 

यस्तै, नगरको विकासका लागि कर्मचारीबाट भरपूर्ण सहयोग प्राप्त गरेको बताए । केही कुरा अफ्ठ्यारो रहे पनि नगरपमा कर्मचारीबीच सुमधुर सम्बन्ध रहेको उनको भनाइ छ । 

यस्तै, उनले संघ र प्रदेशबाट यथेष्ट सहयोग पाइरहेको बताए । उनले भने, ‘स्वास्थ्य मन्त्रालयले नगरमा डायलिसिस सेवा गर्ने प्रतिबद्धता गरेको छ ।’ सडकपेटीको सुधारका कार्य सुरु भइसकेको बताउँदै उनले फुटपाथ  व्यवसायलाई पनि संबोधन गर्नेगरी बजारीकरण गर्ने योजना छ । 

सबै वडाको फोहोर एकै ठाउँमा व्यवस्थापन गर्नसक्ने क्षमता नगरमा नरहेको बताउँदै उनले फोहोर व्यवस्थापन गर्ने उनले बताए । यस्तै, नगरको शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रको सुधारका लागि नगर लागिपरेको बताए ।