close

नगर प्रमुख यादव भन्छन् : निर्वाचित प्रतिनिधिले विनाभेदभाव सेवा प्रवाह गर्नुपर्छ (भिडियोसहित)

नगर प्रमुख यादव भन्छन् : निर्वाचित प्रतिनिधिले विनाभेदभाव सेवा प्रवाह गर्नुपर्छ (भिडियोसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । सप्तरीको रुपनी नगरपालिकाका नगरप्रमुख दिनेश कुमार यादवले एक सय दिनको अनुभवले कर्मचारी  विकासका लागि बाधक भएको अलिअलि अनुभव बटुलेको बताएका छन् । 

पालिका खबरसँगको कुराकानीका क्रममा उनले प्रदेश र संघले ल्याएको बजेट कार्यान्वयन गर्न असहज रहेको बताउँदै उनले यस्तो बताएका हुन् । निर्वाचित जनप्रतिनिधि साझा हुने भएकाले विनाभेदभाव सेवा प्रदान गर्नुपर्ने उनको भनाइ छ । 

यसका लागि कुन पार्टीबाट को निर्वाचित भयो भन्ने कुरालाई बेवास्था गरी विकासलाई केन्द्रबिन्दुमा राखी अघि बढेको बताए । विद्यालयमा विद्यार्थी र शिक्षक समयमा आउने गरेको बताउँदै त्यसलाई निराकरणका लागि परेको बताए । 

त्यस्तै, स्वास्थ्यचौकीमा कर्मचारी उपस्थित नहुने गरेको उनले बताए । स्वास्थ्य क्षेत्रका समस्या समस्या समाधानका लागि आफूले चढ्दै गरेको गाडी पनि उपलब्ध गराउन तयार रहेको उनको भनाइ छ । 

‘स्वास्थ्य क्षेत्र सुधारका लागि मैले चढेको गाडी उपयोग गर्नपरे गर्नुसमेत भनेको छु,’ उनले भने .’

नगरमा किसान मुख्य समस्यामा परेको बताए । उनले भने, ‘किसानका मुख्य समस्या भनेको मल हो । यहाँ पानीको पनि समस्या छ । यी सबै समस्या समाधानका लागि अघि बढाइएको छ ।’

बिरामीका लागि अब चाँडै एम्बुलेन्स ल्याउने उनले जानकारी दिए ।