close

तीन महिनामा तीन प्रतिबद्धता पूरा (भिडियोसहित)

तीन महिनामा तीन प्रतिबद्धता पूरा (भिडियोसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । गौर नगरपालिकाले तीन महिनाको अवधिमा झोलुङ्गे पुल निर्माण, स्वच्छ खानेपानी वितरण र गरीब दलितलाई मासिक ३० युनिटसम्म विद्युत् फ्रिमा उपलब्ध गराउने चुनावी प्रतिबद्धता पूरा गरेको छ । 

यस्तै, नगरले सोही अवधिमा जनताका गुनासा सुन्न  निःशुल्क टेलिफोन र सेवाग्राहीका लागि सेवा केन्द्र पनि यसै अवधिमा स्थापना गरेको छ । 

बर्खालाग्ने बित्तिकै सडकमा पानी जम्ने समस्या करिब एक महिनामै समस्या समाधान गरेको नगरप्रमुख शम्भु शाहले बताए । 

गौर नगरपालिकामा नेपालकै ऐतिहासिक जुद्ध मावि स्कुल रहेको बताउँदै यसको संरक्षण  र प्रवर्द्धन गर्न आवश्यक रहेको उनले बताए । 

उनले भने, ‘ हाम्रो नगरपालिकामा नेपालकै चौथो जुद्ध मावि विद्यालय छ । यसलाई एक स्तरमाथि उठाउनु छ ।’  नगरले स्वास्थ्य, शिक्षा, सडकलाई उच्च प्राथमिकतामा राखेको उनले बताए ।