close

विद्यालयले विभिन्न शीर्षकमा लिने शुल्क मिनाहा गरेँ : मेयर लामा

विद्यालयले विभिन्न शीर्षकमा लिने शुल्क मिनाहा गरेँ : मेयर लामा

Trulli
ADVERTISEMENT

काठमाडौं । शमसेर लामा राप्ती नगरपालिकाका मेयर हुन् । राप्ती नगरपालिका–४का पूर्ववडाध्यक्षसमेत रहेका उनी दोस्रोपटकको स्थानीय तहको निर्वाचनमार्फत् नगरप्रमुख हुन सफल भए । 

जनतामा भएको परिवर्तनको चाहना र गठबन्धनका कारण नगरप्रमुख पदमा निर्वाचित भएको उनले बताए । वडाको जनप्रतिनिधिको रूपमा काम गरिरहेको उनी नगरपालिकाकै अभिभावकको जिम्मेवारी पाएपछि फरक महसुस गरेका छन् । सुरुवाती दिनमा एक किसिमले उनी नगरपालिकामा कसरी संयोजन र सम्बोधन गर्ने भनी अन्योलमा परे । 

त्यसैगरी, जनताको मागको सम्बोधन गर्न नसक्ने हुँ कि भनी उनलाई चिन्तासमेत लाग्ने गरेको थियो । तर, जनताबाट प्राप्त विश्वासका कारण काम गर्न थप ऊर्जा मिलेको उनले महसुस गरे । 

संविधानले बालबालिकालाई माध्यमिक तहसम्म निःशुल्क अध्ययनको व्यवस्था गरे पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन ।अभिभावकबाट विभिन्न शीर्षकमा अभिभावकबाट शुल्क असुल भइरहेको थियो । 

नगरप्रमुखको रूपमा आएपछि ४९ उनले सामुदायिक विद्यालयमा निःशुल्क पठनपाठनको निर्णय गरे । जसका लागि उपप्रमुखको संयोजकत्वमा कार्यदल गठन गराएको छ । 

शिक्षा शाखा, सामुदायिक विद्यालयका व्यवस्थापन समिति, शिक्षाविद् उक्त कार्यदलमा छन् । उनीहरूले विद्यालयमा भएका गतिविधिबारे अध्ययन गर्ने उनले बताए ।

‘राप्तीका विद्यालयलाई निःशुल्क बनाउनका लागि अध्ययन भइरहेको छ,’उनले भने,‘ राप्तीको पहिलो प्राथमिकता निःशुल्क शिक्षा हो ।’
अघिल्लो कार्यकालमा आफू प्रश्न गर्ने ठाउँमा रहे पनि आज आफू जवाफ दिने ठाउँमा पुगेको उनले बताए । 

‘क्याबिनेटमा बसेर पहिले पनि काम गरेकाले पहिलो कार्यपालिकाको बैठक खासै नौलो लागेन । बसेको कुर्सीमात्र फरक थियो । हिजो मैले धेरै प्रश्न गर्न पाउँथे । आज मैले धेरै प्रश्नको जवाफ दिनुपर्छ । सबैलाई समेटेर काम गरेर राप्ती नगरपालिकाका सबै जनप्रतिनिधिको कार्यकाल सफल बनाउनुपर्ने जिम्मेवारीको बोध भएको छ,’ उनले भने । 

जनप्रतिनिधिले राम्रो काम गर्न आफ्नो भिजनमा स्पष्ट हुनुपर्ने र त्यसकै आधारमा नीति बनाएर काम गर्न सक्नुपर्ने उनको भनाइ छ । जनताको गुनासो सुन्नका लागि योजना बनाएको बताउँदै उनले आर्थिक वर्षको क्लोजिङमा भएका झमेलालाई सुल्झ्याइ छिटो र छरितो पार्नका वडाका जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिएर खटाइएको बताए ।