close

जनप्रतिनिधि र कर्मचारीलाई विश्वासमा लिएर अघि बढ्छु : अध्यक्ष चौधरी

जनप्रतिनिधि र कर्मचारीलाई विश्वासमा लिएर अघि बढ्छु : अध्यक्ष चौधरी

Trulli
ADVERTISEMENT

काठमाडौं । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले जनप्रतिनिधि र कर्मचारीको सहयोग लिई गाउँपालिकाका कामकारबाही अघि बढाउन लागिपरेको बताएका छन् । 

विगतमा विकासका लागि जनप्रतिनिधि र कर्मचारीबीच एक आपसमा सहयोग नहुँदा विकास हुन नसकेको बताउँदै उनले आफू सबैको सहयोगमा अघि बढ्न लागिपरेको बताए । 

‘अनुभव अभाव, कर्मचारी र जनप्रतिनिधिबीच मनमुटाव हुँदा विगतमा छिटोछरितो सेवा प्रवाहमा स्थानीय तह चुकेको थियो,’ उनले भने, ‘विगतबाट सिकेर मैले कर्मचारीसँग मिलेर जनतालाई छिटो सेवा दिने प्रयत्न गरिरहेको छु ।’ 

शपथ ग्रहण गरेसँगै उनले गाउँपालिकामा इन्टरनेट र टेलिफोन निःशुल्क गर्न निर्णय गरेका थिए । यस्तै, एउटा एम्बुलेन्स र फोहोर उठाउनका लागि ट्र्याक्टर उनले थप गरेका छन् । 

स्वास्थ्य, शिक्षा, कृषिको विकासका लागि पञ्चवर्षीय योजना बनाएर अघि बढेको उनले बताए । शिक्षा क्षेत्रमा सुधार गर्ने क्रममा प्रधानाध्यापकमा राजनीतिक गन्ध आएको उनले बताए । 

आवश्यकतानुसार प्रधानाध्यापक हेरफेरका क्रममा व्यवस्थापन समितिबाट अवरोध आउनेजस्ता समस्या शिक्षा क्षेत्रमा रहेको उनले बताए । 
गाउँपालिकामा अल्पमतमा परे पनि अन्य दलका जनप्रतिनिधिको साथ रहेको उनले बताए ।