close

प्रश्नको सामना गर्नु नपर्ने गरी काम गरिरहेको छु : नगरप्रमुख

प्रश्नको सामना गर्नु नपर्ने गरी काम गरिरहेको छु : नगरप्रमुख

Trulli
ADVERTISEMENT

काठमाडौं । राप्ती नगरपालिकाका मेयर शमसेर लामाले कर तिर्नका लागि एप्स बनाएको बताउँदै चाँडै कार्यान्वयनमा ल्याउन लागिएको बताए । 

जनप्रतिनिधि टोलटोलमा पुगेर गुनासो सुन्ने व्यवस्था मिलाइएको बताउँदै उनले आफैँ पनि जनताका गुनासा सुन्न टोलटोल पुग्ने गरेको जानकारी दिए । 

विगतमा आफू प्रश्न गर्ने ठाउँमा रहेको स्मरण गर्दै उत्तर दिने ठाउँमा पुगेको बताउँदै प्रश्न नआउने गरी काम गरिरहेको बताए । 

यद्यपि राजनीतिक नेतृत्वबाट केही असन्तुष्टि हुने गरेको उनको भनाइ छ । 

‘विगतमा अरूले काम गर्दा म आफैँ प्रश्न उठाउथेँ । आज म उत्तर दिने ठाउँमा छु ।  तसर्थ म प्रश्न खडा नहुने गरी काम गर्ने कोसिस गरिरहेको छु । जनता जनार्दन हुन् । जनताको नजिकमा रहेर उहाँहरूको हितका लागि काम गरिरहेको छु । जनताबाट साथ पनि पाइरहेको छ । राजनीतिक दलबाट केही असन्तुष्टि भने आउँछन् । तर, मैले त्यसले मलाई ऊर्जा थप्ने काम गरेको छ । तीव्र रूपमा काम र इमानदार रहनु मेरो प्राथमिकतामा छ ।’

नगरको कार्यपालिका बैठकले विपन्न वर्गका राप्तीबासीलाई डेढ लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा गरिदिने निर्णय गरेको छ । 

साथै, संविधानले नै सुनिश्चित गरेका आधारभूत आवश्यकता गाँस, वास र कपास राप्तीका जनतामाझ पुर्‍याउने निर्णय गरेको उनले बताए । 

यस्तै, उनले घर नभएकालाई आवासको व्यवस्था, जाडोमा कपडा नभएकालाई लत्ताकपडा र खानेकुरामा सबैको पहुँच पुर्‍याउने व्यवस्थापन गरेको जानकारी दिए । 

कृषि प्रवर्द्धनका लागि साना किसानलाई वास्तविक सहयोग हुने व्यवस्था मिलाएको बताउँदै उनले आन्तरिक र बाह्य पर्यटक बढाउने योजना अघि सारेका बताए । 

पशुपक्षीको चिरफार गरी उपचार गर्ने व्यवस्था मिलाएको बताउँदै उनले नश्ल सुधारका लागि ९३ प्रतिशत उन्नत जातका बाख्रा, टोलटोलमा पशु शिविर पुर्‍याएको उनको भनाइ छ ।