close

‘उपलब्ध बजेटको सदुपयोग गरे पालिकामा आमूल परिवर्तन हुन्छ’

‘उपलब्ध बजेटको सदुपयोग गरे पालिकामा आमूल परिवर्तन हुन्छ’

Trulli
ADVERTISEMENT

काठमाडौं । नवलपरासीकाे सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले केन्द्रीय सरकारबाट आएको बजेट सदुपयोग गर्नसके पालिकाको विकासमा आमूल परिवर्तन हुने बताएका छन् । 

स्थानीय तहमा व्यापक भ्रष्टाचार भएको भनी महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको, र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय जनप्रतिनिधिविरुद्ध भ्रष्टाचारका मुद्दा दर्ता भइरहेका बेला अध्यक्ष उपाध्ययले यस्तो बताएका हुन् ।

संघीय सरकारबाट स्थानीय तहमा समानीकरण, विशेष, ससर्त अनुदानलगायत शीर्षकमा पैसा जाने गर्छ । 

यसका अलावा स्थानीय तहले संविधानको धारा ६०, अनुसूची८ र अनुसूची ९मा उल्लेख व्यवस्था भएबमोजिम स्थानीय सञ्चित कोषमा रकम जम्मा हुन्छ । 

यस्तै, राष्ट्रिय वित्त आयोगबमोजिम पनि स्थानीय सरकारले राजस्व संकलन गर्छन् ।